भिजिट भिसा प्रकरणमा सहसचिव भट्टराईसहित सात जनामाथि भ्रष्टाचार मुद्दा

हिमाल प्रेस २५ मंसिर २०८२ १६:०७ | Thursday, December 11, 2025
42
SHARES
भिजिट भिसा प्रकरणमा सहसचिव भट्टराईसहित सात जनामाथि भ्रष्टाचार मुद्दा

काठमाडौँ- अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भिजिट भिसा प्रकरणमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

भिजिट भिसामा विदेश जाने नेपालीसँग अवैध ढंगमा पैसा उठाएको आरोपमा सहसचिव तिर्थराज भट्टराईसहित सात जना विरूद्ध अख्तियारले बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको हो।

विशेष अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीका अनुसार मुद्दामा सात व्यक्ति र दुई कम्पनीलाई विपक्षी बनाइएको छ। त्यस्तै सम्पत्ति शुद्धीकरणमा तीन जनामाथि मुद्दा दर्ता भएको छ।

सम्पत्ति शुद्धीकरणमा सहसचिव भट्टराई, जग्गा व्यवयसायी खेमप्रसाद सुवेदी र बानेश्वरस्थित सीआईएसटी कलेजकी ल्याब सहायक कविता पौडेलमाथि मुद्दा दायर भएको हो।

यो मुद्दामा अख्तियारले १ करोड ३ लाख ७८ हजार ६ सय विगो कायम गरेको विशेष अदालतका प्रवक्ता रेग्मीले जानकारी दिए।

त्यस्तै सहसचिव भट्टराई, यज्ञराज अर्याल, ग्रीन ल्यान्ड होलिडेजका सञ्चालकहरू बालकृष्ण खड्का र राम खड्का, फैमिली होलिडे ट्राभल्स एन्ड टुर्सका सञ्चालक दीपक भण्डारी, सीआईएसटी कलेजकी ल्याब सहायक कविता पौडेल र जग्गा व्यवसायी खेमप्रसाद सुवेदीमाथि घुससम्बन्धी मुद्दा दर्ता भएको छ।

घुससम्बन्धी मुद्दामा सहसचिव भट्टराईमाथि ७९ लाख ८० हजार मागदाबी कायम गरेको विशेष अदालतले जनाएको छ।

अख्यितारले गत वर्ष चैत ७ गते सहसचिव भट्टराईलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयबाट पक्राउ गरेको थियो।

प्रकाशित: २५ मंसिर २०८२ १६:०७ | Thursday, December 11, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast