ठेक्का लागिसकेका आयोजनाहरूको बजेट कटौति हुँदैन : अर्थमन्त्री

हिमाल प्रेस १७ मंसिर २०८२ १६:४७
ठेक्का लागिसकेका आयोजनाहरूको बजेट कटौति हुँदैन : अर्थमन्त्री अर्थमन्त्री रामेश्वर खनाल। फाइल तस्बिर।

काठमाडौँ- अर्थमन्त्री रामेश्वरप्रसाद खनालले ठेक्का लागिसकेका आयोजनाहरुको बजेट कटौती नहुने स्पष्ट पारेका छन्।

सिंहदरबारमा बुधबार बसेको राष्ट्रियसभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा सदस्यहरुले आयोजना कटौतीका विषयमा असन्तुष्टि जनाएपछि अर्थमन्त्री खनालले ठेक्का लागिसकेका र काम प्रारम्भ भइसकेका आयोजनाहरुमा बजेट कटौति नहुने स्पष्ट पारेका हुन्।

उनले ग्रामीण तथा प्राथमिक क्षेत्रमा जाने कर्जा प्रभावित भएका कारण तरलता बढेको भन्दै यस्ता समस्या समाधान गर्ने बताए। विपन्न वर्ग र प्राथमिक क्षेत्रमा प्रभावकारी रूपमा जाने कर्जा अब नरोकिने भन्दै तरलता केही कम हुने उनको भनाइ छ।

उनले सरकारको सीमित स्रोतका कारण स्थानीय र प्रदेश सरकारले खर्च गर्न नसकेको रकमलाई संघीय सरकारले उपयोग गरेकाले केही सहज भएको जिकिर गरे।

मन्त्री खनालले सरकारी कोषको दुरुपयोग रोक्न पदाधिकारीको सेवा सुविधा कटौति गरिएको भन्दै यसका कारण पर्ने असरका बारेमा छलफल गर्न सरकार तयार रहेको जिकिर गरे।

बैठकमा समिति सदस्यहरुले आयोजना कटौति, सांसद सेवा सुविधा कटौतिलगाएतका विषयमा चासो व्यक्त गरेका थिए।

प्रकाशित: १७ मंसिर २०८२ १६:४७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast