‘अभिमन्युः च्याप्टर वान’ ले १० दिनमा कमायो २१ लाख १० हजार

हिमाल प्रेस २९ मंसिर २०८२ १३:५७ | Monday, December 15, 2025
30
SHARES
‘अभिमन्युः च्याप्टर वान’ ले १० दिनमा कमायो २१ लाख १० हजार

काठमाडौँ- फिल्म ‘अभिमन्युः च्याप्टर वान’ ले १० दिनमा २१ लाख १० हजार कमाएको छ। चलचित्र विकास बोर्डले साेमबार सार्वजनिक गरेको विवरणअनुसार फिल्मले १० दिन (मंसिर २७ गते) मा २१ लाख १० हजार दुई सय पाँच रुपैयाँ कमाएको छ। जसमा छ हजार छ सय ८६ वटा टिकट बिक्री भएकाे छ।

फिल्ममा कामेश्वर चौरासिया र लक्ष्मी बर्देवा मुख्य भूमिकामा छन्। फिल्मका निर्देशक सुशान्त गौतम हुन्। यो उनको डेब्यु निर्देशकीय फिल्म हो। मुकेश खनालको लेखन रहेको फिल्ममा निर्माता विनोद पौडेल र गुञ्जन गिरीले लगानी गरेका छन्।

कामेश्वर र लक्ष्मीसँगै फिल्ममा किरण श्रेष्ठ, गौमाया गुरुङ, लक्ष्मी गिरी, प्रकाश दाहाल, शिशिर बाङदेललगायत कलाकारको अभिनय छ। अतिथि भूमिकामा रेखा थापा पनि रहेकी छन्। फिल्म हिन्दी भाषामा पनि प्रदर्शनमा आएको छ।

फिल्मले मंसिर २७ गतेसम्म २१ करोड १० हजार दुई सय पाँच रुपैयाँ कमाएको छ।

प्रकाशित: २९ मंसिर २०८२ १३:५७ | Monday, December 15, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast