अमेरिकाको अलास्का र क्यानडाको युकोन क्षेत्रको सिमानामा शक्तिशाली भूकम्प गएको छ।अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार भूकम्प ७.० म्याग्निच्युडको थियो।
भूकम्पको केन्द्रबिन्दु अलास्काको जुनाउबाट लगभग ३७० किलोमिटर उत्तरपश्चिममा र युकोनको ह्वाइटहर्सबाट लगभग २५० किलोमिटर पश्चिममा थियो। स्थानीय अधिकारीहरूले भूकम्पपछि दुई परकम्प पनि गएको बताएका छन्।
भूकम्पका कारण अहिलेसम्म कुनै हताहत वा सम्पत्ति क्षतिको खबर छैन।
प्रकाशित: २१ मंसिर २०८२ ८:०७
प्रतिक्रिया



