५ लाख ९८ हजार दर्शकले हेरे फिल्म ‘परान’

हिमाल प्रेस २२ मंसिर २०८२ १५:३१
14
SHARES
५ लाख ९८ हजार दर्शकले हेरे फिल्म ‘परान’

काठमाडौँ- फिल्म ‘परान’ अहिलेसम्म ५ लाख ९८ हजारभन्दा बढि दर्शकले हेरिसकेका छन्। चलचित्र विकास बोर्डले सोमबार (आज) सार्वजनिक गरेको आधिकारिक तथ्यांकअनुसार यही मंसिर २० सम्म फिल्मको ५ लाख ९८ हजार ३ सय ९ वटा टिकट बिक्री भइसकेको छ।

साथै फिल्मले १६ करोड ९७ लाख ९३ हजार ३ सय ५४ रुपैयाँ व्यापार गरिसकेको छ। यो यस वर्षको सर्वाधिक व्यापार हो।

दीपकप्रसाद आचार्य ‘काकु’को निर्देशनमा बनेको फिल्मले सन्तानकै काखमा प्राण त्याग्न चाहाने बाआमाको कथा प्रस्तुत गरेको छ। फिल्मलाई दर्शकले सकारात्मक प्रतिक्रिया दिइरहेका छन्। हलमा पनि फिल्मले राम्रै साे पाइरहेकाे छ।

फिल्मको मुख्य भूमिकामा छन् वरिष्ठ अभिनेता नीर शाह। साथै सहायक कलाकारमा बुद्धि तामाङ, महेश त्रिपाठी, पूजा चन्द, केकी अधिकारी, अञ्जना बराइली, प्रविण खतिवडा, बाल कलाकार आर्यदीप आचार्यले अभिनय गरेका छन्।

प्रकाशित: २२ मंसिर २०८२ १५:३१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast