काठमाडौँ- काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम आज बढेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान ५:४५ बजे मापन गर्दा उपत्यकाको न्यूनतम तापक्रम ९.३ डिग्री सेल्सियस देखिएको हो। हिजो ७.८ डिग्री सेल्सियस थियो।
शुक्रबार ११ डिग्री सेल्सियस रहेको उपत्यकाको न्यूनतम तापक्रम शनिबार एकैचोटि घटेर ८.५ भएको थियो। त्यसपछि आइतबार झन् घटेर ७.८ डिग्री सेल्सियसमा झरेको थियो।
प्रकाशित: ८ मंसिर २०८२ ६:४५ | Monday, November 24, 2025
प्रतिक्रिया





