हलमा प्रदर्शनरत यी चार फिल्मको आम्दानी कस्तो छ?

‘परान’ बन्याे २०८२ सालको सर्वाधिक व्यापार गर्ने फिल्म

हिमाल प्रेस ८ मंसिर २०८२ १३:२४ | Monday, November 24, 2025
40
SHARES
हलमा प्रदर्शनरत यी चार फिल्मको आम्दानी कस्तो छ?

काठमाडौँ- अहिले हलमा चार नेपाली फिल्म प्रदर्शन भइरहेको छ। ती हुन् फिल्म ‘जारी २’, ‘मन बिनाको धन’, ‘परान’ र ‘जेरी अन टप’। यी चार फिल्मको चलचित्र विकास बोर्डले सोमबार (आज) मंसिर ६ गते शनिबार मध्य रातीसम्मको वक्स अफिस कलेक्सन सार्वजनिक गरेको छ।

यसैबीच फिल्म ‘परान’ २०८२ सालको सर्वाधिक व्यापार गर्ने फिल्ममा परेको छ। बोर्डको विवरणअनुसार फिल्मले शनिबारसम्म १४ करोड १६ लाख ५१ हजार ३ सय ९२ रुपैयाँ ग्रस कलेक्सन गरेको छ। फिल्म चौथो सातामा प्रदर्शन भइरहेको छ।

त्यस्तै गत असोज ३१ देखि प्रदर्शनरत फिल्म ‘जेरी अन टप’ले १२ करोड १९ लाख ७४ हजार ८ सय १३ रुपैयाँ कमाएको छ।

अर्को फिल्म ‘जारी २’ ले ५ करोड ८९ लाख ३ हजार ७ सय ५२ रुपैयाँ कलेक्सन गरेको छ। गायक अशोक दर्जीको फिल्म ‘मन बिनाको धन ले ३ करोड ४० लाख ६३ हजार ४६ रुपैयाँ कमाउन सफल भएको छ। यी दुबै फिल्म प्रदर्शनको तेस्रो सातामा हलमा चलिरहेको छ।

 

प्रकाशित: ८ मंसिर २०८२ १३:२४ | Monday, November 24, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + nineteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast