बहुमत ल्याउँछौं : हर्क साम्पाङ

हिमाल प्रेस १२ मंसिर २०८२ ६:१० | Friday, November 28, 2025
8
SHARES
बहुमत ल्याउँछौं : हर्क साम्पाङ

ताप्लेजुङ- श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले देशमा व्याप्त भ्रष्टाचार, विभेद र राजनीतिक अस्थिरताका कारण आमूल परिवर्तन नभएको बताएका छन्।

ताप्लेजुङमा बिहीबार आयोजित पार्टीको कार्यक्रममा साम्पाङले बढ्दो भ्रष्टाचार, विभेद, श्रमको सम्मान नहुनुजस्ता कारणले देश विकासको बाटोमा अघि बढ्न नसकिरहेको जिकिर गरे।

अध्यक्ष साम्पाङले देश परिवर्तन गर्न श्रम संस्कृति पार्टीले बहुमत ल्याएर देशलाई परिवर्तनको बाटोमा अघि बढाउने दाबी गरे।

उनले विदेशीको इसारामा नचल्ने, नेपालको माटो-भूमि संरक्षण गर्ने, नागरिकलाई श्रममार्फत आत्मनिर्भर बनाउने र शिक्षामा व्यावहारिक परिवर्तन ल्याउनेजस्ता विषय आफ्ना प्राथमिकतामा रहेको भन्दै आगामी निर्वाचनमा भोटका लागि अपिलसमेत गरे।

जनताको जितका लागि श्रमको सम्मान, व्यावहारिक शिक्षा र सादगी जीवनमार्फत राष्ट्रलाई समृद्धितर्फ लैजाने नै पार्टीको लक्ष्य रहेकाले सोहीअनुसार अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे।

श्रम संस्कार, संस्कृति र प्रविधिको विकाससहित अघि बढ्ने आफ्नो पार्टीको लक्ष्य रहेको उनको भनाइ छ।

प्रकाशित: १२ मंसिर २०८२ ६:१० | Friday, November 28, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast