काठमाडौँ- प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता जनार्दन शर्माले पार्टीका मठाधीशहरूलाई धूपबत्ति गर्न छाडेर नयाँ पार्टी गठनमा लागेको बताएका छन्। आइतबार राष्ट्रिय सभागृहमा आयोजित पार्टी एकता घोषणा सभामा सम्बोधन गर्दै शर्माले नेताहरूको धूपबत्ति गर्न छाडेर नयाँ दल गठनमा लागेको बताएका हुन्।
शर्माले भने, ‘सामन्तवादको सिंहासनलाई भत्काएर लोकतान्त्रिक गणतन्त्र नेपाल निर्माणमा सहभागि हामीहरू पार्टीभित्रका मठाधीशहरूलाई धूपबत्ति गर्न छाडेर प्रगतिशील लोकतान्त्रिक पार्टी घोषणा गर्ने प्रक्रियामा सामेल भएका छौं।’ कार्यक्रममा शर्माले पार्टीको घोषणा पत्र पढेर सुनाए।
प्रकाशित: ७ मंसिर २०८२ १४:२९
प्रतिक्रिया


