सर्वोच्च अदालत
काठमाडौँ- नेकपा (एमाले) ले प्रतिनिधिसभा पुनःस्थापनाको माग गर्दै सर्वोच्च अदालतमा पेस गरेको रिट दर्ता भएको छ। एमालेले मंगलबार पेस गरेको रिट बुधबार दर्ता भएको हो।
सर्वोच्च अदालतका सूचना अधिकारी उपराजिस्ट्रार निराजन पाण्डेले रिट दर्ता भएर मंसिर १७ गतेका लागि पेसी तोकिएको जानकारी दिए। संवैधानिक इजलासमा पेसी तोकिएको उनले बताए।
नेकपा एमालेका तर्फबाट नेता महेश बर्तौला र सुनिता बरालले संसद पुनः स्थापनाको माग गर्दै मंगलबार सर्वोच्चमा रिट पेस गरेका थिए।
रिटमा राष्ट्रपति कार्यालय, प्रधानमन्त्री सुशीला कार्की, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, निर्वाचन आयोग र संसद सचिवालयलाई विपक्षी बनाइएको छ।
प्रकाशित: १० मंसिर २०८२ १६:२८ | Wednesday, November 26, 2025
प्रतिक्रिया





