चर्चामा फिल्म ‘पीआर’ को गीत ‘टाटा बाइ बाइ’

हिमाल प्रेस २१ कार्तिक २०८२ १५:१९ | Friday, November 7, 2025
16
SHARES
चर्चामा फिल्म ‘पीआर’ को गीत ‘टाटा बाइ बाइ’

काठमाडौँ- फिल्म ‘पीआर’ को ‘टाटा बाइ बाइ’ बोलको गीत चर्चित बनेको छ। सामाजिक सञ्जाल टिकटकमा पनि धेरैले भिडियो बनाएका छन्।

युट्युबमा करिब ३ लाख दर्शकले गीतको भिडियो हेरेका छन्। भिम बी.सी.को संगीत भरेको गीतमा टेक बी.सी. र प्रीति घिमिरेको स्वर छ। गीतको भिडियोमा फिल्मका मुख्य कलाकार नीर शाह र गौरी मल्लको रमाइलो नृत्य प्रस्तुत गरिएको छ, जसलाई दर्शकले पनि रुचाएका छन्।

फिल्मका निर्देशक शोभित बस्नेत हुन्। सलोन सलिना फिल्म्सको ब्यानरमा बनेको मा आर.ए.सुरज पौडेल, विनिता कार्की, राजन कुँवर, पूजा चौधरी, आश्मा अधिकारी मस्तानी, विमला खत्री, गणेश बुढाथोकी, म्याक्स कृष्ण थापा र नवीन घायलले अभिनय गरेका छन्। विशेष भूमिकामा नीर शाह, गौरी मल्ल, रविन्द्र खड्का, उत्तम के.सी., दिक्पाल कार्की छन्।

प्रेम, संघर्ष र आप्रवासनसँग जोडिएको भावनात्मक कथामा आधारित फिल्म निर्माण भएको निर्देशक बस्नेतले बताए। विदेशमा रहेका छोराछोरीको अवस्था र नेपालमा रहेका बुबाआमाले उनीहरूप्रति गरेको अपेक्षा फिल्ममा समेटिएको निर्माण पक्षको भनाई छ।

फिल्म आगामी मंसिर २६ देखि प्रदर्शन हुनेछ।

प्रकाशित: २१ कार्तिक २०८२ १५:१९ | Friday, November 7, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + fifteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast