काठमाडौँ- नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले दायर गरेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ।न्यायाधीश नृपध्वज निरौलाको इजलासले मंगलबार उक्त निर्णय गरेको हो।
शाक्यलाई मन्त्रिपरिषद् बैठकले प्राधिकरणबाट हटाई जल तथा ऊर्जा आयोग सचिवालयमा विशेष पद सिर्जना गर्दै सरुवा गरेको थियो। उक्त निर्णयविरुद्ध शाक्यले आफ्नो पद प्राधिकरणमै कायम हुनुपर्ने मागसहित सर्वोच्चमा रिट दायर गरेका थिए।
यसअघि पनि शाक्यले कुलमान घिसिङविरुद्ध रिट दायर गरेका थिए। त्यतिबेला केपी शर्मा ओली नेतृत्वको सरकारले घिसिङलाई हटाएर शाक्यलाई प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गरेको थियो।
                            प्रकाशित: १८ कार्तिक  २०८२ १५:३८ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
                                             
                                             
                                             
                                             
                                             

