अखिलको अध्यक्षबाट सुजन पदमुक्त, नयाँ अध्यक्षमा धामी र महासचिवमा शिवाकोटी

हिमाल प्रेस १ मंसिर २०८२ १३:५६ | Monday, November 17, 2025
अखिलको अध्यक्षबाट सुजन पदमुक्त, नयाँ अध्यक्षमा धामी र महासचिवमा शिवाकोटी अखिलका अध्यक्ष दीपक धामी र महासचिव अञ्जना शिवाकोटी।

काठमाडौँ- नेकपा एमाले निकट अनेरास्ववियु (अखिल)ले निर्वाचित अध्यक्ष सुजन कडरियालाई पदमुक्त गरेको छ। आज बसेको पदाधिकारीको बैठकले कडरियालाई पदमुक्त गर्दै हालका महासचिव दीपक धामीलाई अध्यक्ष बनाएको हो।

यसअघि २३ भदौमा सामाजिक सञ्जालबाट राजीनामा दिएका कडरियालाई सोमबार बसेको बैठकले पदमुक्त गरेको हो। यता कडरियाले भने आफूले राजीनामा दिएको बताएका छन्।

वर्तमान उपाध्यक्ष अञ्जना शिवाकोटीलाई महासचिव बनाउनेसमेत निर्णय भएको छ। आजको बैठकले बाँकी पदको हकमा यथावत् हुने निर्णय गरेको छ ।

प्रकाशित: १ मंसिर २०८२ १३:५६ | Monday, November 17, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast