मतदाता नामावलीमा नाम दर्ता गराउने अवधि थप गर्न रास्वपाको अनुरोध

हिमाल प्रेस २५ कार्तिक २०८२ १८:०७ | Tuesday, November 11, 2025
8
SHARES
मतदाता नामावलीमा नाम दर्ता गराउने अवधि थप गर्न रास्वपाको अनुरोध

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीले मतदाता नामावलीमा नाम दर्ता गराउने समयावधि थप गर्न सरकारलाई अनुरोध गरेको छ। बायोमेट्रिक दिनेलगायतका प्राविधिक समस्याले निर्धारित मितिमा सबैले मतदातामा नामावलीमा नाम दर्ता गराउन सम्भव नदेखिएको भन्दै रास्वपाले बायोमेट्रिकमा देखिएको समस्या समाधान गर्न र समयावधि थप गर्न अनुरोध गरेको हो।

आज (सोमबार) पार्टी महामन्त्री कविन्द्र बुर्लाकोटी तथा केन्द्रीय सदस्य एवं निवर्तमान सांसदहरू गणेश पराजुली, अशोक चौधरी र शिव नेपालीले निर्वाचन आयोग गई सोही व्यहोराको अनुरोध पत्र दर्ता गराएका छन्।

उक्त अनुरोध पत्रमा विदेशमा रहेका योग्यता पुगेका नेपाली युवाहरूका लागि राष्ट्रिय परिचय पत्रका आधारमा वा सम्बन्धित राजदूतावासबाट मतदाता नामावलीमा नाम दर्ताका लागि सहजीकरण गर्न तत्काल व्यवस्था मिलाइदिनसमेत अनुरोध गरिएको छ।

सोमबार नै निवर्तमान सांसदहरु पराजुली, चौधरी र नेपालीले गृहमन्त्री ओमप्रकाश अर्याललाई भेटेर उक्त अनुरोधसहितको पत्र बुझाएका थिए।

प्रकाशित: २५ कार्तिक २०८२ १८:०७ | Tuesday, November 11, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + fifteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast