सिमरा घटनामा रास्वपाले गरायो सरकारको ध्यानाकर्षण

हिमाल प्रेस ३ मंसिर २०८२ १५:५७ | Wednesday, November 19, 2025
18
SHARES
सिमरा घटनामा रास्वपाले गरायो सरकारको ध्यानाकर्षण रास्वपा नेता मनिष झा

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सिमरामा आज (बुधबार) भएको घटनाप्रति सरकारको ध्यानाकर्षण गराएको छ। प्रवक्ता मनीष झाले सिमराको घटना संवेदनशील भएको भन्दै सरकारको आवश्यक ध्यानाकर्षण हुनुपर्ने माग गरे।

‘निर्वाचनको माहोल बनाउन राजनीतिक दलले सार्वजनिक कार्यक्रम आयोजना गर्न पाउनुपर्छ र सरकारले आवश्यक सुरक्षा उपलब्ध गराउनुपर्छ। आज सिमरामा भएको घटना संवेदनशील छ। यसमा राष्ट्रिय स्वतन्त्र पार्टीको गम्भीर सरोकार र सरकारको आवश्यक ध्यानाकर्षण माग गर्दछौँ,’ उनले भने।

जेनजी भनिएका युवा र नेकपा एमाले कार्यकर्ताबीच सिमरा विमानस्थल क्षेत्रमा आज झडप भएको थियो। स्थिति तनावपूर्ण बन्दै गएपछि जिल्ला प्रशासन कार्यालय बाराले राति ८ बजेसम्मका लागि विमानस्थल आसपास क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ।

बारामा जेनजी र एमाले कार्यकर्ताबीच झडपपछि कर्फ्यु, सिमरा विमानस्थल ५०० मिटर क्षेत्र निषेधित

प्रकाशित: ३ मंसिर २०८२ १५:५७ | Wednesday, November 19, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast