एमाले प्रवेश गर्दै रामकुमारी झाँक्री

हिमाल प्रेस २४ कार्तिक २०८२ ६:५५ | Monday, November 10, 2025
6
SHARES
एमाले प्रवेश गर्दै रामकुमारी झाँक्री

काठमाडौँ- नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्री नेकपा एमालेमा प्रवेश गर्ने भएकी छन्। उनी आजनेकपा एमाले प्रवेश गर्न लागेकी हुन्।

उनले आज सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै भनेकी छन्, ‘यो घर फर्क अभियान हाम्रो अभियान हो, हाम्रो लागि हो। हामी सँगसँगै सबै जना कम्युनिस्ट आन्दोलनको मूल प्रवाह नेकपा एमालेमा समाहित हुन घर फर्कने अभियान हो। सबै जना कमरेडहरूलाई यो कार्यक्रममा सहभागी हुन हार्दिक अनुरोध गर्दछु।’

नेकपा एमालेले दिउँसो राष्ट्रयसभा गृहमा ‘घर फर्क राष्ट्रिय अभियान घोषणासभा’को आयोजना गरेको छ। केही दिनअघि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विगतमा नेकपा एमालेको निर्माण गर्न र यसलाई बलियो बनाउने यात्रामा सँगै हिँडेका सबै नेता–कार्यकर्तालाई पार्टीमा फर्कन आह्वान गरेका थिए ।

माधवकुमार नेपालले नेकपा माओवादी केन्द्रसहित दलहरूसँग एकता गरेपछि उनी असन्तुष्ट थिइन् ।

प्रकाशित: २४ कार्तिक २०८२ ६:५५ | Monday, November 10, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast