तस्बिरः सनद अधिकारी/रासस
काठमाडौँ- फिल्म ‘हर्ष’ यही मंसिर १२ देखि हलमा लाग्दैछ। फिल्म पारिवारिक कथामा बनेको निर्माण टिमले बताएका छन्।
यसैबीच टिम यतिबेला फिल्मको प्रचारमा व्यस्त हुन थालेका छन्। चितवनको विभिन्न स्कुल, कलेजदेखि मेला महोत्सवसम्म पुगेर निर्देशकसहित केही टिम फिल्मको प्रचार गरिरहेका छन्।
निर्देशक एकता पौडेल, कलाकारमा वर्षा राउत, सन्तोष पन्त, साइमन वादी र कोरियोग्राफर सुनिल क्षेत्रीको लगायत चितवन पुगेका हुन्।
निर्देशक पौडेलको गृहजिल्ला चितवन भएकोले पनि त्याहाँका दर्शकले फिल्मलाई साथ दिने उनीहरूको विश्वास छ। चितवनमा पत्रकार सम्मेलन गरेर ग्लोरियस एकेडेमी स्कुल, खेलकुद तथा वृहत व्यापारिक महोत्सव २०८२ मा पुगेर दर्शकसँग भेटघाट गरेका छन्।
डेब्यु निर्देशकपौडेलले आफू चितवनको चेली भएकाले ‘हर्ष’ ले चितवनवासीको माया पाउने बताइन्। ‘मेरो मेहनतलाई सबैको साथ र सहयोग पाउने अपेक्षा छ,’ उनले भनिन्। अभिनेत्री वर्षा राउतले ‘हर्ष’ एउटा पारिवारिक भएकाले सवैले मन पराउने विश्वास व्यक्त गरिन्।
कलाकार सन्तोष पन्तले एउटा महिला निर्देशकले मेहेनेत गरेर सुन्दर फिल्म निर्माण गरेकाले सबैले हेरेर साथ दिन आग्रह गरे। कोरियोग्राफर सुनिल क्षेत्रीले चितवनमा आयोजित महोत्सवमा विशेष प्रस्तुति पनि गरे।
फिल्मको सम्पूर्ण छायांकन नै चितवन गरिएको हो। फिल्ममा खगेन्द्र लामिछाने, वर्षा राउत, नीर शाह, सन्तोष पन्त, शर्मिला मल्ल, माओत्से गुरुङ, विशाल पहाडी, निमा पाण्डे, लुनिभा तुलाधर, अंशु महर्जन, रेनु प्रधान, सुवर्ण थापा, सृष्टि महर्जन, सिर्जना नापित र बाल कलाकार साइमन वादीको अभिनय छ।
आलोक शुक्लाले छायांकन गरेको फिल्म, समीर र हिमाल, वसन्त सापकोटा तथा एलिश कार्की संगीत, लोकेश बज्राचार्यको सम्पादन तथा सुनिल क्षेत्री र निर्देशक पौडेलको कोरियोग्राफीमा बनेको छ।
अष्टलक्ष्मी प्रोडक्सन्स् र ई–प्राईम मुभिजको ब्यानरमा निर्माण भएको फिल्मका निर्माता प्रशन्न पौडेल र विकास पौडेल हुन्।


