मुगलान’ को गीत ‘पुन्टु पियारी’ मा प्रभात र स्मारिकाको नृत्य

हिमाल प्रेस १ मंसिर २०८२ १५:५९
8
SHARES
मुगलान’ को गीत ‘पुन्टु पियारी’ मा प्रभात र स्मारिकाको नृत्य

काठमाडौँ- फिल्म ‘मुगलान’ को गीत ‘पुन्टु पियारी’ सार्वजनिक भएको छ। डान्सिङ गीत युना डिजिटल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।

सोमबार सार्वजनिक गीतमा फिल्मका मुख्य कलाकार प्रभात पाल र स्मारिका ढकालको नृत्य देख्न सकिन्छ। गीत गायक हरि गिरी (बिमर्शी) र गायिका शान्तीश्री परियारले गाएका हुन्। गायक हरिकै शब्द र संगीतमा बनेको छ।

प्रभात पाल र स्मारिकासँगै फिल्ममा श्री शिवांशु, दिनेश डीसी, मोती सुवेदी, रामचन्द्र अधिकारी, ख.ब.पु., राजुराज सोनी, रश्मी भट्ट, जीवन गौतम र सविन बास्तोला लगायत कलाकारको अभिनय छ।

फिल्म आशिष ढकालको लेखन तथा निर्देशनमा बनेको छ। फिल्मका निर्माता गोमन सिंह हुन्। फिल्म रिहान प्रोडक्सनको ब्यानरमा बनेको हो।

यस्ताे छ गीत

प्रकाशित: १ मंसिर २०८२ १५:५९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast