‘परान’ ले नौ दिनमा कमायो ३ करोड ७१ लाख

हिमाल प्रेस २४ कार्तिक २०८२ १६:२७ | Monday, November 10, 2025
16
SHARES
‘परान’ ले नौ दिनमा कमायो ३ करोड ७१ लाख

काठमाडौँ- गत कात्तिक १४ देखि प्रदर्शन भएको फिल्म ‘परान’ ले नो दिनमा ३ करोड ७१ लाख ग्रस कलेक्सन गरेको छ। चलचित्र विकास बोर्डले सोमबार (आज) सार्वजनिक गरेको बक्स अफिस रिपोर्टअनुसार फिल्मले नौ दिनमा ३ करोड ७१ लाख ३६ हजार ५ सय ५३ रुपैयाँ कमाएको हो।

बोर्डले कात्तिक २२ गते शनिबार मध्यरातिसम्मको विवरण सार्वजनिक गरेको हो। फिल्मले सन्तान विदेसिएपछि एक्लिएका बाआमाको कथा प्रस्तुत गरिएको छ।

पारिवारिक कथामा बनेको फिल्ममा नीर शाह, मदनकृष्ण श्रेष्ठ, पूजा चन्द, बुद्धि तामाङ, केकी अधिकारी, महेश त्रिपाठी, अञ्जना बराइली, प्रविण खतिवडा, यासेली योङहाङ, बबिन राई, पुष्पराज ओझा, सीमा काफ्ले, दमन रुपाखेती, यमन श्रेष्ठ, सुव्रतराज आचार्य, सुरेश थापा, विनोद राई, र बाल कलाकार आर्यदीप आचार्यको अभिनय छ। फिल्मका निर्देशक दीपक आचार्य (काकु) हुन्।

सन्तानलाई प्राणका रूपमा खोजिरहेका बाहरूको कथा ‘परान’

प्रकाशित: २४ कार्तिक २०८२ १६:२७ | Monday, November 10, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast