क्यानडाका नेपाली समुदायले शतबीज छरेर मनाए बालाचतुर्दशी

हिमाल प्रेस ३ मंसिर २०८२ १३:१६ | Wednesday, November 19, 2025
14
SHARES
क्यानडाका नेपाली समुदायले शतबीज छरेर मनाए बालाचतुर्दशी

काठमाडौँ- क्यानडामा रहेका नेपाली समुदायले पितृको स्मरणमा शतबीज छरेर बालाचतुर्दशी पर्व मनाएका छन्। क्यानडा अन्टारियोस्थित इस्ट गाराफ्य्राक्समा आयोजित मेलामा नेपाली समुदाय सहभागी भएर शतबीज छरेका हुन्।

मेलाको आयोजना नेप्लिज क्यानेडियन हेरिटेज सेन्टरले गरेको थियो। नेपाली संकृतिको संरक्षण र दिवङ्गत पितृको सम्झना गर्न कार्यक्रम आयोजना गरिएको सेन्टरका अध्यक्ष लीला भण्डारीले जानकारी दिए।

हेरिटेज सेन्टरकै अगुवाइमा ब्रामटनमा सन् २०१६ देखि पशुपति मन्दिर सञ्चालनमा ल्याएको छ। ठूलो पशुपति मन्दिर तथा बौद्घ स्तूप निर्माणका लागि सेन्टरले १० एकड जमिनसमेत खरिद गरेको छ।

बालाचतुर्दशी मेला पनि मन्दिर निर्माणका लागि खरिद भएको नेपाली समुदायको उक्त जमिनमा आयोजना गरिएको अध्यक्ष भण्डारीले बताए। मेला मन्दिरका पुजारीले शिवश्तोत्र, गणेशस्तुति वाचन र दीप प्रज्वलन गर्दै सुरुवात गरेका थिए।

पितृ उद्धारका लागि गरिएको मेला तथा अन्य विभिन्न पर्वका अवसरमा गरिने सांस्कृतिक गतिविधिले परदेशमा पनि नेपालीपन झल्किरहने एनआरएन क्यानडाका अध्यक्ष जगन सापकोटाले बताए।

नेपाली समुदायका लागि गरिने सानाठूला कार्यक्रममा सकेको योगदान गर्नुपर्ने भन्दै उनले नेपालीबीच भाइचाराको भावना बढाउँदै संकृति संरक्षणमा सबैले सहकार्य र समन्वय गर्नुपर्नेमा जोड दिए।

प्रकाशित: ३ मंसिर २०८२ १३:१६ | Wednesday, November 19, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast