‘झिँगेदाउ २’ बाट हटे मुकुन, जोडिए महेश

हिमाल प्रेस २६ कार्तिक २०८२ १६:००
6
SHARES
‘झिँगेदाउ २’ बाट हटे मुकुन, जोडिए महेश

काठमाडौँ- ज्ञानेन्द्र देउजाको निर्देशनमा निर्माण हुने फिल्म ‘झिँगेदाउ २’ मा अभिनेता महेश त्रिपाठी अनुबन्धित भएका छन्। फिल्ममा जोडिएका मुकुन भुसालको भूमिकामा त्रिपाठीलाई हेरफेर गरेको निर्देशक देउजाले बताए।

निर्देशक र कलाकारबीच छायांकन सेड्युलाई लिएर विवाद हुँदा फिल्मबाट मुकुनको विकल्प खोज्नु परेको निर्देशक देउजा बताए। निर्देशक देउजाले लामो समयदेखि कलाकारको सेड्युलका कारण भनेको समयमा छायांकनमा निस्कँन नसकेको दाबी गरे। सोही विषयमा विवाद भएपछि उनले ‘झिँगेदाउ २’ बाट मुकुनलाई निकालेर महेशलाई अनुबन्धित गर्दै छायांकनमा जान तयार भएको बताएका हुन्।

यस विषयमा हामीले निर्देशक देउजासँग बुझ्दा विवादको कारण खुलाउन चाहेनन्। तर मुख्य अभिनेता मुकुन भुसाललाई निकालेको दाबी गरे। अभिनेता भुसालको करियरको पहिलो सुपरहिट फिल्म नै ‘झिँगेदाउ’ थियो। त्यसअघि उनले केही राम्रा फिल्ममा अभिनय गरेपनि बक्सअफिसमा सफल हुन सकेका थिएन्।

फिल्म आगामी मंसिरमा शुभ मुहूर्त गर्दै छायांकन सुरु गर्ने तयारी रहेकाे निर्देशक देउवाले जानकारी दिए। फिल्म कपनगढी सिनेमा प्रालिको व्यानरमा निर्माण हुनेछ।

महेशसहित फिल्ममा आर्यन सिग्देल, सरोज खनाल, वरिष्ठ अभिनेत्री बसुन्धरा भुसाल, चैत्यदेवी सिंहलगायतका कलाकार रहनेछन्। फिल्मको पहिलो भागमा सहभागी कलाकार केकी अधिकारी, आँचल शर्मा, कुशल विष्ट, अंशु महर्जन, विजय देउजा, संगम भण्डारी, हिउँवाला गौतम, आयन खड्का लगायतका कलाकार भने यतावत् रहनेछन्।

फिल्ममा शुलभ प्रतिक देउजा र समीक्षा देउजाले लगानी गर्नेछन्।

ईश्वर घिमिरे प्रोडक्सन हेड रहेको फिल्ममा विष्णु कल्पितको छायांकन, अर्जुन पोखरेलको संगीत, रोशन श्रेष्ठको द्वन्द्व निर्देशन र मित्र डि गुरुङको सम्पादनमा बन्नेछ।

प्रकाशित: २६ कार्तिक २०८२ १६:००

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast