मधेशका सभामुख पदमुक्त

हिमाल प्रेस ३ मंसिर २०८२ १८:१६
18
SHARES
मधेशका सभामुख पदमुक्त

काठमाडौँ- मधेश प्रदेश सभाका सभामुख रामचन्द्र मण्डल पदमुक्त भएका छन्। पदीय आचरण विपरीत काम गरेकाले सभामुखलाई पदमुक्त गर्नका लागि गरिएको प्रस्ताव दुई तिहाई बहुमतले पारित भएको हो।

यो प्रस्ताव पारितसँगै सभामुख  मण्डलको पद स्वतः खारेज भएको घोषणा गरिएको छ। सभामुख मण्डलविरुद्धको प्रस्ताव बहुमतले पारित भएको उपसभामुख बबिता राउत ईशरले घोषणा गरेकी थिइन्।

नेपाली कांग्रेसका प्रमुख सचेतक कुमरकान्त झा पेस गरेको प्रस्तावमा कुल ७८ जना सांसद उपस्थित रहेकोमा पक्षमा ७६ जना र विपक्षमा शून्य मत परेको हो।

प्रदेश सभा कार्य सञ्चालन नियमावली २०७५ को धारा १८० बमोजिम पेस गरिएको प्रस्तावमा नियम १८२ (४) बमोजिम सभाको दुई तिहाई बहुमतले पारित भएकोमा संविधानको धारा १८२ (६) को खण्ड (ग) र नियमावली १८२ (४) बमोजिम सभामुख मण्डलको पद स्वतः खारेज भएको उपसभामुख इशरले घोषणा गरेकी थिइन्।

प्रदेशसभामा प्रतिनिधित्व गर्ने सात राजनीतिक दलले कात्तिक २७ गते सभामुख मण्डलमाथि  सो प्रस्ताव दर्ता गराएका थिए। सभामुख मण्डलले प्रदेशसभामा तटस्थ भूमिका नखेलेको आरोप लगाइएको थियो।

तत्कालीन मुख्यमन्त्री जितेन्द्र सोनलले विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको प्रदेशसभा बैठकमा सभामुख मण्डलले तटस्थ भूमिका नखेलेको सात दलको भनाइ छ। सरकारको प्रतिनिधि उपस्थित नै नभएको अवस्थामा सभामुख मण्डलले बैठक सञ्चालन गरेको सात दलको आरोप लगाएका थिए।

मधेश प्रदेशका सभामुख मण्डलविरूद्ध महाअभियोग प्रस्ताव दर्ता

मधेश प्रदेश : सभामुखसँग टकराव भएपछि उपसभामुख ईशरले छाडिन् आवास

प्रकाशित: ३ मंसिर २०८२ १८:१६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + 20 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast