‘हर्ष’ मा नेपाली समाजमा वंश निरन्तरतामा दिइने दबाबकाे कथा उठाएकी छु: निर्देशक पौडेल

हिमाल प्रेस ९ मंसिर २०८२ ११:३० | Tuesday, November 25, 2025
8
SHARES
‘हर्ष’ मा नेपाली समाजमा वंश निरन्तरतामा दिइने दबाबकाे कथा उठाएकी छु: निर्देशक पौडेल

काठमाडौँ- यही मंसिर १२ देखि हलमा एकता पौडेल निर्देशित फिल्म ‘हर्ष’ प्रदर्शन हुँदैछ। यो एकताको डेब्यु फिल्म हो।

न्यूयोर्क फिल्म एकेडेमीमा अध्ययन गरेको र दिवंगत निर्देशक शिव रेग्मीकी भाञ्जी भएकोले उनको डेब्यु फिल्म कस्तो होला भन्ने दर्शकमा कौतुहलता पैदा भएको छ। पौडेल यी दुबै अपेक्षाहरूमा आफूलाई सक्षम सावित गर्नुपर्ने बताउँछिन्।

निर्देशक पौडेलले फिल्मलाई पारिवारिक विषयवस्तुमा बनेको बताएकी छन्। ‘ हर्ष पारिवारिक हो, मन छुने कथा भन्न प्रयास गरेकी छु। शिव मामाले जति शतप्रतिशत दिन नसके पनि एउटा संवेदनशील विषय प्रस्तुत गर्ने कोसिस गरेकी छु।’ उनले भनिन्।

‘हर्ष’ मा उनले नेपाली समाज, परिवारको मनोविज्ञान र परिस्थितिलाई मुख्य केन्द्रमा राखेको बताइन्। ‘नेपाली समाजमा वंश निरन्तरता महत्वपूर्ण मानिन्छ।’ उनले भनिन्, ‘यही क्रममा अवरोध आउँदा परिवार र समाजले गर्ने प्रतिक्रिया तथा त्यसले सिर्जना गर्ने मनोवैज्ञानिक दबाबलाई ‘हर्ष’ ले उठाएको छ।’

फिल्ममा वर्षा राउत, खगेन्द्र लामिछाने, सन्तोष पन्त, नीर शाह, शर्मिला मल्ल, माओत्से गुरुङ, विशाल पहाडी, निमा पाण्डे, लुनिभा तुलाधर, अंशु महर्जन, रेनु प्रधान, सुवर्ण थापा, सृष्टि महर्जन, सिर्जना नापित र बाल कलाकार साइमन वादीलगायतले अभिनय गरेका छन्।

प्रकाशित: ९ मंसिर २०८२ ११:३० | Tuesday, November 25, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast