माधव नेपालको हात समात्नु एउटा दृश्य मात्र थियो, अब इतिहासले मूल्यांकन गर्नेछ : रामकुमारी झाँक्री

हिमाल प्रेस १९ कार्तिक २०८२ ११:१०
12
SHARES
माधव नेपालको हात समात्नु एउटा दृश्य मात्र थियो, अब इतिहासले मूल्यांकन गर्नेछ : रामकुमारी झाँक्री

काठमाडौँ- नेतृ रामकुमारी झाँक्रीले नेकपा एकीकृत समाजवादीसँगको आफ्नो यात्रा अन्त्य भएको घोषणा गरेकी छन्। नेकपा माओवादी केन्द्रसहित ९ पार्टीसँग पार्टी एकताको निर्णयसँगै समाजवादी पार्टीको अस्तित्व समाप्त भएको उनले बताइन्।

आज काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा झाँक्रीले भनिन्,‘हामीले सुरुमा एउटा ठूला अभियानको सुरुवात गर्ने सपना देखेका थियौं तर त्यो यात्रा अब टुंगिएको छ। पार्टी विघटन भएको छ र हाम्रो भूमिका त्यत्तिकै समाप्त भएको छ।’

झाँक्रीले अहिलेको अवस्थामा आफूहरू राजनीतिक क्रियाशीलताभन्दा आत्ममूल्यांकनको चरणमा रहेको बताइन्। माधव नेपाललाई निर्वाचन आयोगसम्म डोहोर्‍याएको घटनालाई प्रतीकात्मक विम्बका रूपमा व्याख्या गर्दै भनिन्,‘त्यो एउटा दृश्य मात्र थियो, जसका कारण ममाथि विभाजनको मुख्य आरोप लगाइयो। तर त्यो मूल्यांकन अब इतिहासले गर्नेछ।’

प्रकाशित: १९ कार्तिक २०८२ ११:१०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + 19 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast