व्यवसायमा लगानी बढाउन बैंकहरूलाई गभर्नरको आग्रह

हिमाल प्रेस २८ कार्तिक २०८२ १३:४४ | Friday, November 14, 2025
12
SHARES
व्यवसायमा लगानी बढाउन बैंकहरूलाई गभर्नरको आग्रह

काठमाडौँ- नेपाल राष्ट्र बैंकका गभर्नर डा.विश्वनाथ पौडेलले बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हरूलाई व्यवसायिक क्षेत्रमा लगानी बढाउन आग्रह गरेका छन्।

बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारण सभामा बोल्दै उनले बैंकहरूलाई जोखिम लिन नडराई नयाँ अवसर पहिल्याउने समय आएको बताए।

गभर्नर डा.पौडेलले भने,‘सीईओ धेरै ठूलो जिम्मेवारी हो। बैंकको काम नै व्यवसायलाई सहयोग गर्नु हो। नयाँ उद्यमी खोजेर व्यवसायमा लगानी गर्नुस्, राष्ट्र बैंक आवश्यक सहकार्य गर्न तयार छ।’

आर्थिक समृद्धिको आधार नै लगानी भएकाले राष्ट्रिय अर्थतन्त्रलाई बलियो बनाउन लगानीको प्रवाह बढाउनुपर्नेमा पनि उनले जोड दिए।

‘देशको अर्थतन्त्र बढेपछि मात्रै तपाईंहरूको पनि ग्रोथ हुन्छ,’ उनले भने, ‘आईटी वा अन्य कुनै नयाँ क्षेत्रमा लगानी गर्न चाहनुहुन्छ भने खुलस्त भन्नुस्।’

नीतिगत अस्पष्टता वा सुधार आवश्यक भएका विषयहरूबारे राष्ट्र बैंकलाई जानकारी गराउन गभर्नर पौडेलले सीईओहरूसँग आग्रह गरे।

‘हामी सबै कुरा जान्दैनौँ। नीतिगत समस्या छ भने भन्नुस्, सँगै काम गर्छौँ,’ उनले भने, ‘राष्ट्र बैंकले तपाईंहरूलाई लगानी बढाउन सहयोग गर्नेछ।’

प्रकाशित: २८ कार्तिक २०८२ १३:४४ | Friday, November 14, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast