पूर्वसभामुख महरालाई २० लाख धरौटीमा छाड्न आदेश

हिमाल प्रेस ११ मंसिर २०८२ १५:५४ | Thursday, November 27, 2025
12
SHARES
पूर्वसभामुख महरालाई २० लाख धरौटीमा छाड्न आदेश

काठमाडौँ- उच्च अदालत पाटनले सुन तस्कारीमा मुछिएका पूर्व सभामुख कृष्णबहादुर महरालाई धरौटीमा छाड्न आदेश दिएको छ। बिहीबार न्यायाधीशद्वय अर्जुनप्रसाद कोइराला र तेजेन्द्रप्रसाद शर्मा सापकोटाको इजलासले महरालाई २० लाख धरौटीमा छाड्न आदेश दिएको हो।

उच्च अदालतले काठमाडौँ जिल्ला अदालतको आदेश नमिलेको देखिएका बदर गरिदिएको हो। जिल्ला अदालतले गत असोज २९ गते महरालाई पूर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो।

२०७९ पुस १० मा चिनियाँ नागरिक लि हासोङ्गले इलेक्ट्रिक चुरोट ‘भेप’मा लुकाएर ल्याएको सुन तस्करीमा संलग्न कसुरमा महराविरुद्ध मुद्दा दर्ता भएको हो। महराले भेप प्रकरणमा आफ्नो लगानी र संलग्नता अस्वीकार गरेका छन्।

सरकारी वकिलले उनीविरुद्ध संगठित अपराध निवारण ऐन र भन्सार ऐन अन्तर्गतको कसुरमा ८ करोड ५५ लाख २८ हजार बिगो मागदाबी गरेको थियो। उनीमाथि भेपमा लुकाएर ल्याइएको सुन विमानस्थल भन्सारबाट छुटाउन दबाब दिएको आरोप छ।

प्रकाशित: ११ मंसिर २०८२ १५:५४ | Thursday, November 27, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − 12 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast