घटक दलहरू मिलेर चुनावमा जाने संघीय लोकतान्त्रिक मोर्चाको निर्णय

हिमाल प्रेस ६ मंसिर २०८२ १८:०६ | Saturday, November 22, 2025
18
SHARES
घटक दलहरू मिलेर चुनावमा जाने संघीय लोकतान्त्रिक मोर्चाको निर्णय फाइल तस्बिर

काठमाडौँ – संघीय लोकतान्त्रिक मोर्चाका घटक दलहरू मिलेर आगामी निर्वाचनमा भाग लिने भएका छन्।

शनिबार बबरमहलस्थित संघीय लोकतान्त्रिक मोर्चाको केन्द्रीय कार्यालयमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) अध्यक्ष महन्थ ठाकुरको अध्यक्षमा बसेको मोर्चाको बैठकले यस्तो निर्णय गरेको हो।

बैठकले फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनमा भाग लिने र मोर्चाका घटक दलहरू मिलेर निर्वाचनमा जाने सर्वसम्मतिले निर्णय गरेको अध्यक्ष ठाकुरले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

मोर्चामा मधेश केन्द्रित सात राजनीतिक दलहरू आवद्ध छन्। मोर्चामा लोसपा, जसपा नेपाल, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी नेपाल, तराई मधेश लोकतान्त्रिक पार्टी र जनता प्रगतिशील पार्टी रहेका छन्।
मोर्चाले निर्वाचन सम्पन्न गर्न सरकारसँग भयरहीत, स्वच्छ, निश्पक्ष तथा शान्त वातावरण बनाउन माग समेत गरेको छ।

प्रकाशित: ६ मंसिर २०८२ १८:०६ | Saturday, November 22, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast