हलमा लाग्यो एकता पौडेलको डेब्यु निर्देशकीय फिल्म ‘हर्ष’

हिमाल प्रेस १२ मंसिर २०८२ ११:४०
6
SHARES
हलमा लाग्यो एकता पौडेलको डेब्यु निर्देशकीय फिल्म ‘हर्ष’

काठमाडौँ- आजदेखि हलमा नेपाली फिल्म ‘हर्ष’ प्रदशृन भएको छ। फिल्मकी निर्देशक एकता पौडेल हुन्। यो उनको डेब्यु निर्देशकीय फिल्म हो।

देशभर फिल्मले करिब १ सय सो पाएको निर्माण टिमले जनाएको छ। पारिवारिक कथामा बनेको फिल्ममा खगेन्द्र लामिछने र वर्षा राउत मुख्य भूमिकामा छन्।

साथै नीर शाह, सन्तोष पन्त, शर्मिला मल्ल, माओत्से गुरुङ, विशाल पहाडी, निमा पाण्डे, लुनिभा तुलाधर, अंशु महर्जन, रेनु प्रधान, सुवर्ण थापा, सृष्टि महर्जन, सिर्जना नापित र बालकलाकार साइमन वादीको अभिनय गरेका छन्।

फिल्म आलोक शुक्लाको छायांकन, समीर र हिमाल, वसन्त सापकोटा तथा एलिश कार्काको संगीत, लोकेश बज्राचार्यको सम्पादन तथा सुनिल क्षेत्री र निर्देशक पौडेलको कोरियोग्राफीमा बनेको छ।

अष्टलक्ष्मी प्रोडक्सन्स् र ई–प्राईम मुभिजको ब्यानरमा निर्माण भएको फिल्मको कथा स्वयं निर्देशक पौडेलको हो। फिल्मका निर्माता प्रशन्न पौडेल र विकास पौडेल हुन्।

प्रकाशित: १२ मंसिर २०८२ ११:४०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast