जेनजी आन्दोलनका दोषीलाई कारबाही गर्न गृहमन्त्रीसँग माग

हिमाल प्रेस ७ मंसिर २०८२ १५:१० | Sunday, November 23, 2025
16
SHARES
जेनजी आन्दोलनका दोषीलाई कारबाही गर्न गृहमन्त्रीसँग माग

काठमाडौँ- जेनजी युवाको एक समूहले भदौ २३ र २४ गतेको घटनामा दोषी देखिएकालाई कारबाही गर्न माग गरेको छ।

आइतबार सिंहदरबारमा गृहमन्त्री ओमप्रकाश अर्यालसंगको छलफलमा जेनजी टु नामक समूहका प्रतिनिधिहरुले जेनजी आन्दोलनका क्रममा भाद्र २३ गने भएको दमनमा दोषी देखिएकालाई कारबाही गर्न माग गरेको हो।

त्यस्तै भाद्र २४ गते जनेजीका नाममा भएको आगजनी र तोडफोडमा संलग्नलाई समेत कारबाही गर्नुपर्ने उनीहरुले माग गरेका छन्। जेन जी २.० समूहका प्रवक्ता अविन लिम्वुले गृहमन्त्रीसँग छलफलका क्रममा जेनजी आन्दोलनमा भएका घटनाको दोष्ीालाई कारबाही गर्न माग गरिएको बताए। त्यस्तै आगामी निर्वाचन सरकारलाई सहयोग गर्न तत्पर रहेको आफूहरुले बताएको उनले जानकारी दिए।

लिम्वुले आफुहरुको समूहको देशभर विस्तार गरिएको जानकारी दिए। जेन जी टुले आगामी मंसिर १२ गते माइतीघरमा सहिदहको सम्झनामा मौनधारण गर्दै गृहमन्त्री लगायत अन्य मन्त्रीहरुलाई माइतीघरमा नै जेनजीका मुद्दा तथा मागसहित ज्ञापन पत्र हस्तान्तरण गर्ने जनाएको छ।

प्रकाशित: ७ मंसिर २०८२ १५:१० | Sunday, November 23, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast