बालविकासदेखि कक्षा १२ सम्मका शिक्षकका लागि डिजिटल लर्निङ पोर्टल अभिमुखीकरणमा सहभागी विवरण संकलन सुरु

हिमाल प्रेस १२ मंसिर २०८२ ८:११
348
SHARES
बालविकासदेखि कक्षा १२ सम्मका शिक्षकका लागि डिजिटल लर्निङ पोर्टल अभिमुखीकरणमा सहभागी विवरण संकलन सुरु

काठमाडौँ- शिक्षा तथा मानव स्रोत विकास केन्द्रले विद्यालय तहका शिक्षकहरूलाई लक्षित गरी ‘सिकाइ चौतारी’ डिजिटल लर्निङ पोर्टलसम्बन्धी एक दिने अनलाइन अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने भएको छ।

कार्यक्रमका लागि सहभागी शिक्षकहरूको विवरण संकलन प्रक्रिया सुरु गरिएको केन्द्रले जनाएको छ।

सिकाइ चौतारी डिजिटल लर्निङ पोर्टलमार्फत विद्यालय तहको सिकाइ प्रक्रियालाई अझ गुणस्तरीय र प्रभावकारी बनाउन योगदान पुगिरहेको भन्दै केन्द्रले सबै प्रदेश शिक्षा तालिम केन्द्र, शिक्षा विकास तथा समन्वय एकाई तथा स्थानीय तहलाई आवश्यक समन्वय गर्न निर्देशन दिएको छ।

अनलाइन अभिमुखीकरणमा सहभागी हुन प्रारम्भिक बाल विकासदेखि कक्षा १२ सम्म अध्यापनरत सबै शिक्षकले उपलब्ध गराइएको गुगल फाराम वा QR कोड प्रयोग गरी आफ्नो विवरण पेस गर्नुपर्नेछ।

गुगल फाराम लिंक: https://forms.gle/mzK1zT1HRhbXu5bM8 केन्द्रका अनुसार फाराम भर्ने व्यवस्था मिलाइ शिक्षकहरूको सहभागी विवरण संकलन गर्न तथा तालिम सहभागी पोर्टफोलियो विकासमा सहयोग गर्न सम्बन्धित निकायले समन्वय गर्नेछ।

प्रकाशित: १२ मंसिर २०८२ ८:११

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast