काठमाडौँ- जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय समितिको बैठक आज बस्ने भएको छ। ललितपुरको सानागाउँस्थित थसी ब्याङ्क्वेटमा बिहान ११ बजेदेखि बैठक सुरु हुने पार्टीका प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिएका छन् ।
बस्नेतका अनुसार वर्तमान राजनीतिक परिस्थिति, निर्वाचन, पार्टीको संगठनात्मक कार्ययोजना तथा प्रस्तावलगायत एजेन्डामा बैठक केन्द्रित हुनेछ। बैठक बिहीबारसम्म चल्ने पार्टीले जानकारी दिएको छ ।
प्रकाशित: १९ कार्तिक २०८२ ८:०४
प्रतिक्रिया



