विप्लव नेतृत्वको नेकपा (माओवादी) ले पायो दल दर्ता प्रमाणपत्र, चुनाव चिह्न गुलाफको फूल

हिमाल प्रेस २ मंसिर २०८२ १५:२३ | Tuesday, November 18, 2025
16
SHARES
विप्लव नेतृत्वको नेकपा (माओवादी) ले पायो दल दर्ता प्रमाणपत्र, चुनाव चिह्न गुलाफको फूल

काठमाडौँ- नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (माओवादी) निर्वाचन आयोगमा आधिकारिक रूपमा दर्ता भएको छ। आयोगले आज विप्लवलाई पार्टी दर्ता प्रमाणपत्र हस्तान्तरण गरेको हो।

आगामी फागुन २१ गते निर्धारित प्रतिनिधिसभा निर्वाचनमा सहभागी हुने उद्देश्यले विप्लव नेतृत्वको नेकपा (माओवादी) ले पार्टी दर्ता गराएको आयोगले जनाएको छ।

यस पार्टीलाई आयोगले ‘गुलाफको फूल’ चुनाव चिह्न प्रदान गरेको छ। दल दर्ता प्रमाणपत्र प्राप्त गर्न विप्लवसहितका नेताकार्यकर्ता बाजागाजासहित निर्वाचन आयोग पुगेका थिए।

प्रकाशित: २ मंसिर २०८२ १५:२३ | Tuesday, November 18, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast