काठमाडौँ- एकता पौडेलको डेब्यु निर्देशनमा बनेको फिल्म ‘हर्ष’ को ट्रेलर सार्वजनिक गरिएको छ। पारिवारिक कथावस्तुमा बनेको फिल्मको ट्रेलरमा एक परिवारमा छोराको विवाहपछि आउने उतारचढावलाई देखाइएको छ।
फिल्म आगामी मंसिर १२ देखि प्रदर्शन हुनेछ। फिल्ममा खगेन्द्र लामिछाने, वर्षा राउत, साइमन वादी, निर शाह, सन्तोष पन्त, शर्मिला मल्ल, माओत्से गुरुङ, विशाल पहाडी, निमा पाण्डे, लुनिभा तुलाधर, अंशु महर्जन, रेनु प्रधान, सुवर्ण थापा, श्रृष्टि महर्जन, सिर्जना नापितको अभिनय छ।
अष्टलक्ष्मी प्रोडक्सन्स् र ईप्राईम मुभिजको ब्यानरमा बनेको फिल्मको कथा डेब्यु निर्देशक पौडेलले नै लेखेकी हुन्। प्रशन्न पौडेल र विकास पौडेल निर्माता रहेको फिल्म काफिया फिल्मस् र डिसिएनले वितरण गर्नेछ।
प्रकाशित: २१ कार्तिक २०८२ १०:५९ | Friday, November 7, 2025
प्रतिक्रिया





