रुकुमपश्चिममा जिप दुर्घटना, सात जनाको मृत्यु

हिमाल प्रेस ७ कार्तिक २०८२ १९:५७ | Friday, October 24, 2025
रुकुमपश्चिममा जिप दुर्घटना, सात जनाको मृत्यु

काठमाडौँ- रुकुम पश्चिम बाफीकोट गाउँपालिका-७ मा शुक्रबार यात्रुवाहक जिप दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ। खलंगाबाट आठबीसकोटको स्यालाखदीतर्फ जाँदै गरेको रा १ ज ४२२ नम्बरको जिप दुर्घटना भएको हो।

जिल्ला प्रहरी कार्यालय रूकुम पश्चिमका सूचना अधिकारी हरिप्रसाद पुनले अहिलेसम्म सात जनाको घटनास्थलमै मृत्यु भएको हिमालप्रेसलाई जानकारी दिए। उनका अनुसार दुर्घटनामा १० जना गम्भीर घाइते भएका भएका छन्। घाइतेलाई उद्धार गरी जिल्ला अस्पताल सल्ले ल्याइएको छ।

मृत्यु हुनेमा आठबिसकोट नगरपालिका–२ स्यालाका  ३० वर्षीया कमला वली, सोही स्थानका १६ वर्षीय टेकजङ्ग बुढा, १५ वर्षीया दिलमाया बूढा, १७ वर्षीया मनिका वली, १८ वर्षीया शर्मिला विक, २२ वर्षीय गोपाल वली र पहिचान नखुलेको एक जना गरी सात जनाको मृत्यु भएको उनले बताए।

जिप सडकदेखि ७ सय मिटर तल खसेको छ।

प्रकाशित: ७ कार्तिक २०८२ १९:५७ | Friday, October 24, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast