माओवादी केन्द्र र एकीकृत समाजवादी एकतामा हतार नगरौँ : नारायणकाजी श्रेष्ठ

हिमाल प्रेस १२ कार्तिक २०८२ ११:४१ | Wednesday, October 29, 2025
माओवादी केन्द्र र एकीकृत समाजवादी एकतामा हतार नगरौँ : नारायणकाजी श्रेष्ठ

काठमाडौँ- नेकपा माओवादी केन्द्रका सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले आफ्नो पार्टी र नेकपा एकीकृत समाजवादीबीचको एकता समग्र कम्युनिस्ट आन्दोलनको रूपान्तरण एवं पुनर्गठन अभियानको प्रस्थानविन्दु बन्नुपर्ने बताएका छन्।

दुई पार्टी विभाजन नहुने गरी एकता प्रक्रियामा सामेल हुने सुनिश्चित गरेर मात्र अघि बढ्नुपर्ने उनको सुझाव छ।त्यसैले यसमा हतार नगरी धैर्यतापूर्वक प्रयत्न गर्न उनले अपिल गरेका छन्।

बुधबार बिहान सामाजिक सञ्जालमार्फत श्रेष्ठले भनेका छन्, ‘हतार गरेर न समग्र एकता न सार्थक पुनर्गठनको स्थिति नबनोस् भन्नेमा सचेत होऔँ।’

प्रकाशित: १२ कार्तिक २०८२ ११:४१ | Wednesday, October 29, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast