काठमाडौँ- मुस्ताङको हिडन भ्याली क्षेत्रमा हिमपातमा फसेका तीन विदेशीसहित १५ जना पर्यटकलाई नेपाली सेनाको उद्धार टोलीले सकुशल उद्धार गरेको छ।
नेपाली सेनाका अनुसार सेनाको उच्च शिखर शिक्षालयबाट खटिएको उद्धार टोलीले तीन दिनसम्मको अथक प्रयासपछि आज करिब ४,९०० मिटर उचाइमा पर्ने बतासेडाँडामा ती पर्यटकहरूलाई फेला पारेको हो।
उद्धारपछि टोलीले उनीहरूको सामान्य स्वास्थ्य परीक्षण गरेको र त्यसपछि सेनाको इन्द्रबक्स गण, सशस्त्र प्रहरी बल नेपाल, नेपाल प्रहरी तथा गैरसैनिक पथप्रदर्शकहरूको संयुक्त टोलीको सहयोगमा जोमसोम ल्याउने तयारी गरेको सेनाले जनाएको छ।
प्रकाशित: १४ कार्तिक २०८२ १३:११
प्रतिक्रिया




