राष्ट्रियसभाका अध्यक्ष दाहाल जेनेभा प्रस्थान

हिमाल प्रेस ३१ असोज २०८२ १०:४९
8
SHARES
राष्ट्रियसभाका अध्यक्ष दाहाल जेनेभा प्रस्थान नारायणप्रसाद दाहाल। फाइल तस्बिर।

काठमाडौँ- राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल अन्तर व्यवस्थापिका संघको १५१औँ महासभामा सहभागी हुन आज जेनेभा प्रस्थान गरेका छन्। टोलीमा राष्ट्रियसभाका सदस्यहरू गोपीबहादुर सार्की आछामी र मदनकुमारी शाह (गरिमा) सहभागी छन्।

यही कात्तिक २ गतेदेखि ६ गतेसम्म स्विट्जरल्याण्डको जेनेभामा आयोजना हुने महासभामा अध्यक्ष दाहालले नेपालको तर्फबाट सम्बोधन गर्नेछन् भने विभिन्न देशका संसद्का प्रमुखहरूसँग द्विपक्षीय भेटघाट गर्ने कार्यक्रमसमेत रहेको संघीय संसद् सचिवालयका सहसचिव एवं प्रवक्ता एकराम गिरीद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ।

अन्तर व्यवस्थापिका संघका स्थायी समितिका कार्यक्रममा प्रतिनिधिमण्डलमा सम्मिलित सदस्यहरू सहभागी हुनेछन्। उक्त टोली आगामी कात्तिक ९ गते स्वदेश फर्किने कार्यक्रम रहेको संघीय संसद् सचिवालयले जनाएको छ।

प्रकाशित: ३१ असोज २०८२ १०:४९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast