हमासले पनि भन्यो – विपिन जीवित छैनन्, आजै शव बुझाउने

हिमाल प्रेस २७ असोज २०८२ २०:०२ | Monday, October 13, 2025
हमासले पनि भन्यो – विपिन जीवित छैनन्, आजै शव बुझाउने

काठमाडौँ- गाजास्थित हमास समूहले नेपाली विद्यार्थी विपिन जोशीको मृत्यु भएको पुष्टि गरेको छ। हमासको सशस्त्रा शाखा अल–कस्साम ब्रिगेडले विपिनको मृत्यु भएको पुष्टि गरेको हो।

हमासको कस्साम ब्रिगेडले विपिनसहित चार बन्दीहरूको शव आजै हस्तान्तरण गर्ने घोषणासमेत गरेको छ।

ब्रिगेडले जारी गरेको विज्ञप्तिमा मृत घोषित चार बन्दीहरू विपिन जोशी, गाइ इलौज, योसी शराबी र ड्यानियल पेरेज रहेको जनाइएको छ। उनीहरूको शव आजै इजरायली पक्षलाई हस्तान्तरण गरिने विज्ञप्तिमा उल्लेख रहेको अन्तर्राष्ट्रिय समाचार संस्था अलजजिराले जनाएको छ।

यसअघि हमासले गाजामा आफ्ना नियन्त्रणमा रहेका बाँकी २० जना जीवित बन्दीहरूलाई रिहा गरेको थियो। तर, केही मृत इजरायली बन्दीहरूको शव आफ्नो नियन्त्रणमा रहेको हमासले जनाएको छ।

प्रकाशित: २७ असोज २०८२ २०:०२ | Monday, October 13, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast