सुशीला कार्की सरकारलाई माओवादीको समर्थन छ : दाहाल

हिमाल प्रेस ११ असोज २०८२ १९:०७
18
SHARES
सुशीला कार्की सरकारलाई माओवादीको समर्थन छ : दाहाल

काठमाडौँ– नेकपा माओवादी केन्द्रका नेता लेखनाथ दाहालले अहिले राष्ट्रियता, भौगोलिक अखण्डता र सार्वभौमसत्ता सङ्कटमा रहेको बताएका छन् ।

नेता दाहालले माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सुशासन, समृद्धि र सामाजिक न्यायको मुद्दासहित १८ महिना सरकार सञ्चालन गरेको दाबी गरे । तर, केपी शर्मा ओली नेतृत्वको सरकारको कारण जनतामा निराशा बढेको उनले तर्क गरे ।

नेता दाहालले असहमतिको बाबजुद पनि सुशीला कार्की नेतृत्वको वर्तमान सरकारलाई माओवादीको समर्थन रहेको धारणा राखे ।

वर्तमान सरकारसँग तोकिएको समयभित्रै निर्वाचन हुनुपर्छ भन्ने माओवादीको माग रहेको पनि उनले बताए । उनले संसद्भन्दा बाहिरको विज्ञहरूको मन्त्रिपरिषद्, प्रत्यक्ष कार्यकारी राष्ट्रपति र पूर्ण समानुपातिक निर्वाचन प्रणाली माओवादीको माग रहेको उल्लेख गरे ।

प्रकाशित: ११ असोज २०८२ १९:०७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast