अपराजित भारत श्रीलंकासँग सुपरओभरमा पनि हाबी

हिमाल प्रेस ११ असोज २०८२ ७:५०
14
SHARES
अपराजित भारत श्रीलंकासँग सुपरओभरमा पनि हाबी तस्बिर : क्रिक इन्फो

काठमाडौँ– भारतले अपराजित रहँदै एसिया कपको फाइनल खेल खेल्ने भएको छ ।

एक खेलअगावै फाइनलमा स्थान सुरक्षित गरिसकेको भारतले सुपर फोरको अन्तिम खेलमा श्रीलंकाविरुद्ध जित निकाल्दै प्रतियोगितामा अपराजित यात्रा कायम राखेको हो ।

गएराति भएको खेलमा भारतले श्रीलंकालाई सुपर ओभरमा पराजित गर्‍यो । निर्धारित २० ओभरमा दुवै टोलीले समान ५–६ विकेट गुमाएर समान २०२–२०२ रन बनाएपछि खेल सुपर ओ‌भरमा गएको थियो । सुपर ओभरमा भारतले ३ रनको लक्ष्य दिएकोमा श्रीलंकाले पूरा गर्न सकेन ।

जारी प्रतियोगितामा भारतले समूह चरण र सुपर फोरका सबै खेल जित्यो । समूह चरणमा ग्रुप ‘ए’मा रहेको भारतले पाकिस्तान, यूएई र ओमानलाई पराजित गर्‍यो । भने, सुपर फोरमा पाकिस्तान, बंगलादेश र श्रीलंकालाई पराजित गर्‍यो ।

अब भारतले उपाधिका लागि आइतबार पाकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ । जित दर्ता भएमा भारतले अपराजित रहँदै यस वर्ष (२०२५)को एसिया कपको उपाधि हात पार्नेछ ।

यसअघि २०२३ मा सम्पन्न एसिया कपको उपाधि भारतले जितेको थियो । जसमा नेपाल समूह चरणबाटै बाहिरिएको थियो ।

प्रकाशित: ११ असोज २०८२ ७:५०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast