कार्यबोझ बढी भएका निकायमा थप दरबन्दी उपलब्ध गराउन लागिएको प्रष्टोक्ति

हिमाल प्रेस ८ असोज २०८२ ९:१६
20
SHARES
कार्यबोझ बढी भएका निकायमा थप दरबन्दी उपलब्ध गराउन लागिएको प्रष्टोक्ति

काठमाडौँ- सरकारले कार्यबोझ बढी भएका निकायमा प्रभावकारी सेवा उपलब्ध गराउने उद्देश्यका साथ दरबन्दी मिलान गर्न लागिएको स्पष्ट पारेको छ।

गत भदौ ३१ गतेको सचिवहरूको बैठकले गरेको निर्णयका सन्दर्भमा अस्पष्ट भएको पाइएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले कार्यबोझ भएका क्षेत्रमा कर्मचारीको थप दरबन्दी उपलब्ध गराइने उल्लेख गरेको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव डा. भीष्मकुमार भुसालका अनुसार कार्यबोझ बढी भएका कारण सेवा प्रवाहमा कठिनाइ भएका निकायहरूमा दरबन्दी व्यवस्थापन गर्ने प्रयोजनका लागि सचिवस्तरीय बैठकले निर्णय गरेको छ। दरबन्दी मिलान गर्दा कर्मचारीको वृत्तिविकासमा कुनै असर नपर्नेगरी गरिने उल्लेख छ।

अस्पष्ट भएको विषयमा थप प्रष्ट पारिएको उल्लेख गर्दै प्रधानमन्त्री कार्यालयले मंगलबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पत्राचार गरेको छ।

प्रकाशित: ८ असोज २०८२ ९:१६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast