एसिया कप क्रिकेट : पाकिस्तानमाथि भारतको सहज जित

हिमाल प्रेस ३० भदौ २०८२ ६:५२
12
SHARES
एसिया कप क्रिकेट : पाकिस्तानमाथि भारतको सहज जित

काठमाडौँ- एसिया कप क्रिकेटमा भारतले पाकिस्तानविरुद्ध सहज जित निकालेको छ। दुबईमा गएराति भएको खेलमा भारतले पाकिस्तानलाई ७ विकेटले पराजित गरेको हो।

पाकिस्तानले दिएको १२८ रनको लक्ष्य पछाएको भारतले १५ दलशमल ५ ओभरमा ३ विकेट गुमाउदै लक्ष्य पूरा गरेको थियो। भारतका लागि कप्तान सूर्यकुमार यादवले अविजित ४७ रन बनाए भने तिलक बर्मा र अभिषेक शर्माले ३१–३१ रन बनाएका थिए। त्यसैगरी शुभमन गिल र शिभम दुवेले १०–१० रन बनाए।

पाकिस्तानका बलर सैयब आयुबले ३ विकेट लिए। यस अघि पाकिस्तानले टस जितेर पहिला ब्याटिङ गर्दै २० ओभरमा ९ विकेट गुमाएर १२७ रन बनाएको थियो।

पाकिस्तानका लागि शाहीबजादा हारिसले सर्वाधिक ४० रन बनाए भने शहिन शाह अफ्रिदीले अविजित ३३ रन बनाएका थिए। त्यस्तै फकर जमानले १७ र फहीम अशरफले ११ रन बनाएका थिए। भारतीय बलर कुलदीप यादवले सर्बाधिक ३ विकेट लिए भने जसप्रित बुमराह र अक्षर पटेलले २–२ विकेट लिए।

यो प्रतियोगितामा भारतको लगातार दोस्रो जित हो। त्यस्तै पाकिस्तानले भने २ खेलमा एक जित र एक हार बेहोरेको छ। प्रतियोगिता अन्तरगत आज आयोजक यूएई र ओमान तथा श्रीलंका र हङकङ भिड्नेछन्।

प्रकाशित: ३० भदौ २०८२ ६:५२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + 15 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast