
काठमाडौँ- एसिया कप क्रिकेटमा आज भारत र पाकिस्तानले प्रतिस्पर्धा गर्दैछन् । समूह ‘ए’मा रहेका भारत र पाकिस्तानको भिडन्तलाई रोचक रूपमा हेरिएको छ ।
समूह चरणमा एकएक खेल खेलिसकेका भारत र पाकिस्तानले दुईदुई अंक बनाएका छन्। समान अंक भए पनि समूह ‘ए’मा रनरेटका आधारमा भारत शीर्ष स्थानमा छ भने पाकिस्तान दोस्रो स्थानमा छ।
भारतले पहिलो खेलमा यूएईमाथि ९ विकेटको सानदार जित निकालेको थियो । पाकिस्तानले भने ओमानविरुद्ध ९३ रनको जित हात पारेको छ ।
भारत र पाकिस्तानको खेल आइतबार राति ८:१५ बजे यूएईमा सुरु हुँदैछ। एसिया कपमा दुई समूहका आठ टिमले प्रतिस्पर्धा गर्दैछन्। समूह ‘ए’मा भारत, पाकिस्तान, यूएई र ओमान छन् भने समूह ‘बी’मा श्रीलंका, अफगानिस्तान, बंगलादेश र हङकङ छन्।
प्रकाशित: २९ भदौ २०८२ ८:३०
प्रतिक्रिया