रुस–युक्रेन युद्ध : पहिलोपटक युक्रेनको सरकारी भवनमा आक्रमण, ८०५ ड्रोन प्रहार

हिमाल प्रेस २२ भदौ २०८२ २०:४०
14
SHARES
रुस–युक्रेन युद्ध : पहिलोपटक युक्रेनको सरकारी भवनमा आक्रमण, ८०५ ड्रोन प्रहार किभमा रूसी आक्रमणपछि मन्त्रिपरिषद् भवनमा लागेको आगोबाट निस्किएको धुवाँ। तस्बिर : एपी

काठमाडौँ– युक्रेनी वायु सेनाले जानकारी दिएको अनुसार, शनिबार राति रसियाले युक्रेनमाथि ८०५ ड्रोन र १३ मिसाइल प्रहार गरेको छ।

स्थानीय समयअनुसार आइतबार बिहान ८ः३० बजेसम्म वायु रक्षा प्रणालीले ७४७ वटा ड्रोन र चारवटा ‘इस्कान्दर–क’ प्रकारका क्रुज मिसाइलहरूलाई असफल पारेको युक्रेनी वायु सेनाले जनाएको छ।

यस आक्रमणका क्रममा राजधानी किभस्थित सरकारी भवनमा आगलागी समेत भएको बताइएको छ।

प्रधानमन्त्री युलिया स्विरिदेन्कोले टेलिग्राममार्फत् जानकारी दिँदै भनिन्,‘युद्ध सुरु भएयता पहिलो पटक सरकारी भवनको छाना र माथिल्ला तल्लाहरूमा प्रत्यक्ष क्षति पुगेको छ।’

प्रधानमन्त्री स्विरिदेन्कोका अनुसार राजधानी किभसँगै क्रिभी रिह, ड्निप्रो, क्रेमेन्चुक र ओडेसा जस्ता सहरहरूमा पनि क्षति पुगेको छ।

युक्रेनको आपतकालीन सेवा विभागले राजधानी किभमा भएको हमलाका कारण एक आमासहित दुई महिनाका शिशुको मृत्यु भएको जनाएको छ, भने २० जनाभन्दा बढी नागरिकहरू घाइते भएका छन्।-रासस/सिन्ह्वा

प्रकाशित: २२ भदौ २०८२ २०:४०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast