विद्यालयबाट फर्कँदै गर्दा खोलाले बगाएर बालिकाको मृत्यु, तीन घाइते

हिमाल प्रेस १८ भदौ २०८२ १९:३०
16
SHARES
विद्यालयबाट फर्कँदै गर्दा खोलाले बगाएर बालिकाको मृत्यु, तीन घाइते प्रतीकात्मक तस्बिर।

नुवाकोट– तादी गाउँपालिका–२ स्थित चिलाउने आधारभूत विद्यालयबाट घर फर्कने क्रममा चिलाउने खोलामा आएको भलबाढीले बगाउँदा एक जना बालिकाको मृत्यु भएको छ। खोलाले बगाएर अन्य तीन जना विद्यार्थी घाइते भएका छन्।

विद्यालय छुट्टीपश्चात् बुधबार अपरान्ह ४ बजे घर फर्कने क्रममा चिलाउने खोलाले बगाउँदा बालकक्षामा अध्ययनरत स्थानीय रामबहादुर तामाङका चार वर्षीया छोरी शशिकला तामाङको निधन भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी नायब उपरीक्षक विक्रम लामाले जानकारी दिए।

उनका अनुसार खोलाको कल्भर्ट पार गर्न हात समाएर चार जना विद्यार्थीहरू तर्ने क्रममा शशिकलालाई खोलाले बगाउँदा घटनास्थलमा नै मृत्यु भएको हो। खोलाले बगाएर उनलाई करिब १०० मिटर तल पुर्‍याएको तादी–२ का अध्यक्ष बच्चुराम तामाङले जानकारी दिए।

उनीसँगै खोला तर्ने क्रममा बाढीले बगाएका अन्य दुई जना बालिका र एक जना बालक खोलाको किनारतर्फ पुगेकाले घाइते भएका छन्। घाइते हुनेमा जोयस तामाङ, ज्योति तामाङ र सुस्मा तामाङ रहेको प्रहरीले जनाएको छ। उनीहरूको अहिले खरानीटार अस्पतालमा उपचार भइरहेको छ।

प्रकाशित: १८ भदौ २०८२ १९:३०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − sixteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast