इन्डोनेसियामा सरकारविरूद्ध प्रदर्शन, १० को मृत्यु

हिमाल प्रेस १८ भदौ २०८२ १८:१९
12
SHARES
इन्डोनेसियामा सरकारविरूद्ध प्रदर्शन, १० को मृत्यु तस्बिर : ह्युम्यान राइट्स वाच

काठमाडौँ- इन्डोनेसियामा सयौँ महिलाहरू गुलाफी रंगको कपडा लगाएर संसदमार्गमा झाडु लगाउँदै प्रदर्शन गरेकी छन्। प्रहरीको दुव्र्यवहार र सरकारले गरेको फजुलखर्चको विरोधमा महिलाहरू प्रदर्शनमा उत्रिएकी हुन्।

इन्डोनेसिया विमन्स अलायन्सले गुलाफी रंग बहादुरीको प्रतीक रहेको बताएको छ। त्यस्तै झाडु सरकारले अपनाएको सैन्यवादी नीति, प्रहरीको दमनकारी व्यवहार र फोहरी राजनीतिलाई सफा गर्ने प्रतीक रहेको उनीहरूको भनाइ छ।

इन्डोनेसियाको राजधानी जाकार्ता र अन्य सहरहरूमा दुई सातादेखि निरन्तर विरोध प्रदर्शन भइरहेका छन्। हिंसात्मक विरोध प्रदर्शनका क्रममा कम्तीमा १० जनाको मृत्यु भएको बताइएको छ।

अर्धसैनिक एकाइले एक युवा चालकको हत्या गरेको फुटेज सार्वजनिक भएपछि प्रदर्शनकारीहरूले प्रहरीविरूद्ध आक्रोश व्यक्त गर्न थालेका हुन्।

विरोध प्रदर्शन बढेपछि राष्ट्रपति प्रबोवो सुबिआन्तोले आफू चीनको सैन्य परेडमा सहभागी हुन बेइजिङ नजाने घोषणा गरेका थिए।

तर, बुधबार उनी चीनका राष्ट्रपति सी जिनफिङ र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग तस्बिर खिचाइरहेको देखिए।

चीन भ्रमणमा जानुअघि सुबिआन्तोले सांसदहरूको भत्ता वृद्धि गर्ने निर्णयलाई फिर्ता लिने घोषणा गरेका थिए, जुन प्रदर्शनकारीहरूको प्रमुख मागमध्ये एक थियो।

प्रकाशित: १८ भदौ २०८२ १८:१९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + 17 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast