इन्डोनेसियाको होटलमा आगलागी हुँदा ३ जनाको मृत्यु

हिमाल प्रेस १ भदौ २०८० १८:३६
8
SHARES
इन्डोनेसियाको होटलमा आगलागी हुँदा ३ जनाको मृत्यु तस्बिर : द जाकर्ता पाेस्ट

जकार्ता- इन्डोनेसियाको राजधानी जकार्ताको दक्षिणी भागमा बिहीबार अबेर राति एउटा होटलको भवनमा आगलागी हुँदा कम्तीमा तीन जनाको मृत्यु भएको छ। थप ३ जना घाइते भएका छन्।

स्थानीय प्रहरीका अनुसार राति करिब ११:५० बजे आगलागी भएको हो। स्थानीय समयअनुसार बिहीबार केबायोरान बारुको उपजिल्लामा रहेको एफ-२ होटलमा लागेको आगो शुक्रबार दिउँसो २:४० बजे नियन्त्रणमा लिइएको छ।

जिल्लाका प्रहरी उपप्रमुख ट्रिबुआना रोजेनोले आगलागीमा ३ जना होटलका पाहुनाको मृत्यु भएको जनाकारी दिएका छन्।

उनीहरू भेन्टिलेसन नभएको कोठामा फसेका थिए। आगलागीमा परी अन्य तीन जना पाहुना पनि घाइते भएका छन्। अहिले उनीहरूको नजिकैको अस्पतालमा उपचार भइरहेको छ। प्रारम्भिक अनुसन्धानमा चुरोटको टुठाले आगलागी भएको खुलेको छ। रासस/सिन्ह्वा

प्रकाशित: १ भदौ २०८० १८:३६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + 17 =