आसामविरुद्ध नेपाली टोलीको चलेन ब्याटिङ, बराबरीमा शृंखला

हिमाल प्रेस १६ भदौ २०८२ ७:०६
10
SHARES
आसामविरुद्ध नेपाली टोलीको चलेन ब्याटिङ, बराबरीमा शृंखला

काठमाडौँ- भारतको आसाम राज्यविरुद्धको चौथो खेलमा नेपाल ‘ए’ ले १८ रनको हार बेहोरेको छ। आइतबार एसीए रंगशाला गुवाहिटीमा सम्पन्न खेलमा आसामले प्रस्तुत गरेको १७५ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले निर्धारित २० ओभर ब्याटिङ गरे पनि नौ विकेट गुमाएर १५६ रनमात्र बनाउन सक्यो।

नेपालका कप्तान अनिल साहले सर्वाधिक ६७ रन बनाए। यस्तै, इशान पाण्डेले २८ रन थप्दा सन्दीप जोरा, मोहम्मद आदील आलम र शेर मल्लले समान ११ रन जोडे। आसामविरुद्ध नेपाली टोली ब्याटिङ नचल्दा खेल गुमाउन पुग्यो।

आसामका अब्दुलअजिज कुरैसी र अभिनव चौधरीले समान तीन विकेट लिए। साद्दिक हुसैनको नाममा एक विकेट रह्यो ।

त्यसअघि टस जितेर ब्याटिङमा आएको आसामले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १७४ रनको योगफल खडा गरेको थियो । आसामका ओपनर तथा कप्तान सुमित खाडिगाओन्करले सर्वाधिक ७० रन बनाए । यस्तै, अर्का ओपनर ऋषिकेश तामुलीले ४६ रन थपे । निहार देकाले ३७ रन बनाए ।

नेपालका आकाश चन्दले दुई र बसिर अहमेदले एक विकेट लिए । यो जितसँगै पाँच खेलको शृंखला २–२ को बराबरीमा आएको छ ।

प्रकाशित: १६ भदौ २०८२ ७:०६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast