प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण

हिमाल प्रेस २९ भदौ २०८२ ११:३६ | Sunday, September 14, 2025
प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण

काठमाडौँ- नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले पदभार गरेकी छन्। सिंहदरबारस्थित मन्त्रिपरिषद् तथा प्रधानमन्त्रीको कार्यालयमा कार्कीले आइतबार बिहान पदभार ग्रहण गरेकी हुन्। उनी शुक्रबार प्रधानमन्त्रीमा नियुक्त भएकी थिइन्।

कार्कीले सोही दिन पद तथा गोपनीयताको शपथ लिए पनि पदभार ग्रहण भने दुई दिनपछि गरिन्। कार्यालयमा उनलाई मुख्य सचिव एकनारायण अर्याललगायतले स्वागत गरेका थिए। प्रधानमन्त्रीमा नियुक्त हुने कार्की नेपालको पहिलो महिला हुन्। यसअघि उनले पहिलो महिला प्रधानन्यायाधीश भएर इतिहास रचेकी थिइन्।

प्रकाशित: २९ भदौ २०८२ ११:३६ | Sunday, September 14, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − 14 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast