प्रचण्डको असन्तुष्टिको बाबजुत नारायणकाजीले दिए सुशिला कार्की नेतृत्वको सरकारलाई समर्थन

हिमाल प्रेस २८ भदौ २०८२ ७:२८ | Saturday, September 13, 2025
प्रचण्डको असन्तुष्टिको बाबजुत नारायणकाजीले दिए सुशिला कार्की नेतृत्वको सरकारलाई समर्थन

काठमाडौँ– माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले विशिष्ट परिस्थितिमा निर्माण भएको सुशीला कार्की नेतृत्वको सरकारलाई आफ्नो समर्थन रहने बताएका छन्।

पूर्वगृहमन्त्रीसमेत रहेका श्रेष्ठले सामाजिक सञ्जालमा यस्तो प्रतिक्रिया दिएका हुन्।

‘हामीले जेन जीको प्रस्ताव र सहमतिअनुसार कै सरकार संवैधानिक प्रक्रियाबाट गठन गर्न आव्हान गरेका थियौँ। यो भन्दा उत्तम संवैधानिक प्रक्रियाबाट अघि बढ्न सकिने हाम्रो सुझाव रहेको भएपनि आजको विशिष्ट परिस्थितिमा सम्माननीय राष्ट्रपतिज्यूले धारा ६१ अन्तर्गत सरकार गठन गर्नुभएकोमा हाम्रो समर्थन नै रहेको छ,’ उनले भनेका छन्, ‘यो जेन जी आन्दोलनको सफलताको महत्वपूर्ण खुट्किलो हो र जेन जी आन्दोलनकारीहरुलाई यस निम्ति बधाइ ज्ञापन गर्दछु।’

उनले नेपालको इतिहासमा पहिलो महिला प्रधानमन्त्रीको रुपमा जिम्मेवारी सम्हाल्ने अवसर प्राप्त गरेकोमा कार्कीलाई बधाई दिँदै कार्यकालको सफलताको शुभकामना पनि व्यक्त गरेका छन्।

उनले संसद् विघटनले भने संविधान भत्काउन सक्ने भन्दै त्यसपछि गम्भीर हुन राष्ट्रपति र प्रधानमन्त्रीलाई विशेष अनुरोधसमेत गरेका छन्। माओवादी अध्यक्ष पुष्पकमल दाहाल `प्रचण्ड´ले संसद् विघटन भएकोमा तीब्र असन्तुष्टि जनाएका छन्।

प्रकाशित: २८ भदौ २०८२ ७:२८ | Saturday, September 13, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast